सूर्योदय वोमी लघुवित्तको नेतृत्वमा प्रमेश आचार्य सीईओमा नियुक्त, आगामी ४ वर्ष सम्हाल्ने
काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा प्रमेश आचार्य नियुक्त भएका छन् ।
संस्थाको सञ्चालक समितिले उनलाई आगामी चार वर्षका लागि यो गरिमामय जिम्मेवारी सुम्पिएको हो । गत वैशाख २७ गते बसेको सञ्चालक समितिको बैठकले आचार्यलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो ।
यसअघि सोही संस्थामा कायममुकायम (कामु) सीईओको रूपमा सक्रिय भूमिका निभाउँदै आएका आचार्यले आगामी जेठ १ गतेदेखि नयाँ कार्यकालको कार्यभार औपचारिक रूपमा सम्हाल्नेछन् ।
लघुवित्त क्षेत्रमा अनुभवी रहेका आचार्यको नेतृत्वमा संस्थाले आगामी दिनमा थप नयाँ उचाइ हासिल गर्ने विश्वास लिइएको छ ।













