कालंगा हाइड्रोपावरको आइपिओ आजबाट सर्वसाधारणका लागि खुल्याे - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कालंगा हाइड्रोपावरको आइपिओ आजबाट सर्वसाधारणका लागि खुल्याे



काठमाडौं। कालंगा हाइड्रोपावर कम्पनीले आज अर्थात् जेठ ८ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ।

यसअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि शेयर जारी गरिसकेपछि कम्पनीले दोस्रो चरण अन्तर्गत आम सर्वसाधारणका लागि यो अवसर ल्याएको हो।

कम्पनीले सर्वसाधारणका लागि अंकित मूल्य प्रतिशेयर १०० रुपैयाँका दरले कुल २८ लाख ७० हजार कित्ता शेयर बजारमा ल्याएको छ। यस निष्कासनमा सहभागी हुन चाहने लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आफ्नो आवेदन पेस गर्न सक्नेछन्।

यो आइपिओमा आवेदन दिन इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका र आस्बा सेवा उपलब्ध गराउने सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरूका साथै सीडीएससीको ‘मेरो शेयर’ वेबसाइट वा एपमार्फत सहजै आवेदन दिन सक्नेछन्।

लगानीकर्ताका लागि यो निष्कासन छिटोमा आगामी जेठ १३ गते बन्द हुनेछ भने उक्त अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा ढिलोमा जेठ २२ गतेसम्म आवेदन दिने म्याद थपिनेछ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटलले लिएको छ।


प्रतिक्रिया दिनुहोस्