यस्तो थियो नेपालको पहिलो बजेट !
काठमाडौं । आज बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारका अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले संघिय दुवै सदनमा आगामि आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दैछन् । तर आज भन्दा ७५ बर्ष अगाडि बाट हाम्रो देशमा पहिलो बजेट सार्वजनिक भएको थियो ।
नेपालमा २००७ साल अघिसम्म नेपाल सरकारको आयव्यय बारे राणाहरुलाईबाहेक कसैलाई थाहा हुने थिएन् । जब नेपालमा २००७ सालमा प्रजातन्त्र स्थापना भयो त्यसबेलादेखि नै नेपालमा बजेट सार्वजनिक गर्ने प्रचलन शुरुवात भयो । नेपालको पहिलो बजेट २००८ सालमा सार्वजनिक भएको हो । २००८ साल माघ २१ गते नेपालमा संवैधानिक व्यवस्थाअनुसार सर्वप्रथम बजेट पेश भएको थियो ।
नेपालको पहिलो बजेट तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले पेश गरेका थिए । बजेटको आकार ५ करोड २५ लाख रुपैयाँ थियो । २००८ सालदेखि २०१२ सालसम्मका बजेट शान्ति सुरक्षा कायम राख्न, राजस्व संकलन र दैनिक प्रशासन सञ्चालनमा केन्द्रीत रहेको थियो ।
नेपालमा पहिलोपटक आजभन्दा ७० वर्ष पहिले संसदमा राणा शासन अन्त्यपछि बनेको नेपाली कांग्रेस सरकारका अर्थमन्त्री सुवर्ण समशेर राणाले पेश गरेका थिए । तत्कालिन अर्थमन्त्री शुवर्ण समशेर राणाले ‘नेपालका दाजु–भाइ, दिदी–बहिनी’ भन्दै बजेट वाचन सुरुवात गरेका थिए भने अन्तमा ‘जय नेपाल’ भनेका थिए । नेपालको त्यो पहिलो बजेट र अहिले प्रस्तुत हुने बजेटमा भाषा संरचनादेखि भूमिका, आकार, कार्यक्रम सबैमा आकाश–जमिनको अन्तर छ ।
पहिलो बजेट भने केवल ३ हजार ४ सय ८९ शब्दको थियो, जुन अर्थमन्त्रीले १५ मिनेटमा बाचन गरेका थिए । त्यसबेलाको अनुमानित आँकडा अनुसार २००७ सालमा देशको कुल आम्दानी २ करोड ९० लाख ८१ हजार रुपैयाँ थियो भने खर्च २ करोड ४६ लाख २७ हजार भएको थियो ।













