सोमबार कति छ सुनचाँदीे मूल्य ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य स्थिर भएको छ । आइतबार सुनको मूल्य तोलामा ९५ हजारमा कारोबार भएकोमा आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ५ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १२ सय ५ मा कारोबार भइरहेको रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।