आगामी शैक्षिक सत्रदेखि नै गेटा मेडिकल कलेजमा एमबीबीएस पढाइ सुरू हुने
काठमाडाैं । आगामी आर्थिक वर्ष २०८३/८४ देखिनै सुदूरपश्चिमकाे गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पठनपाठन सुरु गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्षकाे बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी शैक्षिक सत्रदेखि नै सो विश्वविद्यालयमा चिकित्सा शिक्षाका कार्यक्रमहरू सञ्चालन गरिने बताए।
अर्थमन्त्री डा. वाग्लेका अनुसार आगामी शैक्षिक सत्र २०८३/८४ देखि उक्त विश्वविद्यालयमा एमबीबीएस लगायत चिकित्सा शिक्षाका ४ वटा विधामा शैक्षिक कार्यक्रमहरू औपचारिक रूपमा सञ्चालन गरिनेछन्।
लामो समयदेखि सुदूरपश्चिमबासीले गेटामा चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको माग गर्दै आएका थिए।













