ब्रोकर संख्या ५० बाट घटाएर २५ मा झार्नुपर्छ : सेवन अध्यक्ष ढुङ्गाना

बैंकले ब्रोकर लाइसन्स समय आएपछि पाउँछन ।
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुङ्गानाले नेपालमा ब्रोकरको संख्या धेरै भएकाले घटाउनुपर्ने अवस्था आउन सक्ने बताएका छन ।
अर्थपथसंगको २ साताअघि विषेस अन्र्तवार्तामा अध्यक्ष ढुङ्गानाले भएको ब्रोकर संख्या पनि अन्य देशको तुलनामा बढी भएको बताए । बैंकहरुलाई ब्रोकर लाइसन्स दिने प्रक्रिया बारे अर्थपथको प्रश्नमा अध्यक्ष ढुङ्गानाले राज्यले आवश्यक ठाने मात्रै बैंकले ब्रोकर लाइसन्स पाउने बताए ।
अध्यक्ष ढुङ्गानाले भने ‘केहीले ब्रोकरै थप्नुपर्छ ब्रोकर चाहियो भन्छन्, कसैले होइन बैंकलाई नै दिनुपर्छ भन्छन् । बोर्डले कुन कुरा राम्रो हो कुन कुरा नराम्रो हो भन्ने कुरा नियमन निकायले सोचेर गर्नुपर्छ । लहरबाजिमा काम गर्नुहुँदैन ।
‘धितोपत्र बोर्ड एक्लैले लाइसन्स दिने पनि होइन । यसमा नेपाल राष्ट्र बैंक, नेपाल सरकार अर्थ मन्त्रालय, नेप्से, लगानीकर्ता सबैले के चाहिँ उपयुक्त हो भनेर निर्धारण गर्नुपर्छ । त्यो निर्धारण गर्नुपर्ने काम अहिले भइनसकेकोले रोकिएको हो ।’
अध्यक्ष ढुङ्गानाले अनलाइन स्टमले राम्रो काम गरेमा अहिले भएको ब्रोकरको संख्यानै धेरै हुने बताए । ब्रोकर संख्या ५० बाट घटाएर २५ वटा बनाउनुपर्ने अवस्था आउने उनले बताए ।