आईएमई लाइफद्वारा बालक्ष्य डेभलपमेन्ट एण्ड केयरलाई ३ लाख आर्थिक सहयोग - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आईएमई लाइफद्वारा बालक्ष्य डेभलपमेन्ट एण्ड केयरलाई ३ लाख आर्थिक सहयोग



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रालिलाई आर्थिक सहयोग प्रदान गरेको छ । उक्त सहयोग न्यूरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार तथा पुनस्र्थापना सेवाका लागि उपयोग गरिनेछ ।

यस कार्यक्रम अन्तर्गत आईएमई लाइफ इन्स्योरेन्सले रु. ३ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ, जसबाट प्रभावित बालबालिकाले आवश्यक थेरापी तथा विशेष हेरचाह सेवा प्राप्त गर्नेछन ।

न्यूरो डेभलपमेन्टल समस्याबाट प्रभावित बालबालिकालाई समयमै आवश्यक उपचार तथा थेरापी उपलब्ध गराउन सके उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । यस सहयोगले आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ ।

बालक्ष्य डेभलपमेन्ट एण्ड केयरले विशेष आवश्यकता भएका बालबालिकाका लागि मूल्यांकन, परामर्श, थेरापी तथा पुनस्र्थापना सेवाहरू प्रदान गर्दै आएको छ । संस्थाको विशेषज्ञता र आईएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धताले बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

आईएमई लाइफ इन्स्योरेन्सले Ensuring Future को मूल मन्त्रलाई आत्मसात गर्दै स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्