विश्व वातावरण दिवसका अवसरमा ‘नाडा ग्रीन ड्राइभ २०२६’ र्याली सम्पन्न
काठमाडाैँ। विश्व वातावरण दिवस २०२६ को शुभ अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन
अफ नेपालले आफनो इतिहासमा पहिलो पटक “नाडा ग्रीन ड्राइभ २०२६” र्याली कार्यक्रम सम्पन्न गरेको छ।
जेष्ठ २२ गते विश्व वातावरण दिवस २०२६ को शुभ अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन
अफ नेपालले आफनो इतिहासमा पहिलो पटक “नाडा ग्रीन ड्राइभ २०२६” र्याली कार्यक्रम सम्पन्न गरेको छ।
नाडाले शुक्रबार अक्वेल, दीपल, भोल्ट्स, कामा, एम्पियर, स्काईवर्थ, फ्युचर मोटर्स, नामी, टियागो ईभी, सुजुकी, टाइम्स बिजनेस, स्काईवर्थ नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको समर्थनमा बिभिन्न ब्राण्डहरुका विद्युतिय सवारी साधनहरुको सहभागितामा र्याली सम्पन्न गरेको हाे।
नाडाको सचिवालय टेकु देखि त्रिपुरेश्वर, दरबारमार्ग, नक्साल, गौशाला, नयाँ बानेश्वर, माइतीघर मण्डला, थापाथली , कुपण्डोल, पुल्चोकस्थित द प्लाजामा सो र्यालिको समापन गरिएको थियो।
उक्त र्यालीमा सहभागी कूल ९२ जनालाई नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, नाडाका पूर्व अध्यक्ष शम्भुप्रसाद दाहाल र कृष्ण प्रसाद दुलालले प्रमाणपत्र समेत वितरण गरेका थिए।


















