सीजी रिलायन्सद्वारा मनहरीमा स्वच्छ र सुरक्षित समुदाय निर्माणमा योगदान
मकवानपुर । सीजी रिलायन्स बेभरेज प्रालिले मनहरी गाउँपालिकाको वडा नम्बर ६ सँगको समन्वयमा आफ्नो उत्पादन कारखानाको वरपरका क्षेत्रमा सार्वजनिक सुरक्षा अभिवृद्धि र पर्यावरणीय जिम्मेवारीलाई प्रोत्साहन दिने उद्देश्यले सामुदायिक केन्द्रित कार्यक्रमहरू सञ्चालन गरेको छ ।
यस पहलका अन्तर्गत, स्थानीय बासिन्दा र यात्रुहरूको सुरक्षित आवागमनलाई सहयोग गर्न कारखाना परिसर नजिक सडक बत्तीहरू जडान गरिएका छन् । साथै, विश्व वातावरण दिवसको अवसर पारी, कम्पनीले सफाइ र पर्यावरणीय जनचेतनालाई प्रोत्साहन दिन वडा भित्रका उपयुक्त सार्वजनिक स्थानहरूमा राख्न टिकाऊ फोहोर संकलन डस्टबिनहरू हस्तान्तरण गरेको छ ।
मनहरी गाउँपालिकाको वडा नम्बर ६ का वडाध्यक्ष युवराज थपलियाले यी पहलहरूको प्रशंसा गर्दै मनहरीमा सामुदायिक कल्याण सुदृढ गर्न कम्पनी र स्थानीय सरकारबीचको सहकार्यको महत्त्वलाई उजागर गरेका छन् ।
यी पहलहरूले सीजी रिलायन्स बेभरेज प्रालिको वरपरका समुदायहरूमा दिगो विकास प्रवद्र्धन गर्न स्थानीय सरोकारवालाहरूसँग घनिष्ठ रूपमा काम गर्ने प्रतिबद्धतालाई थप प्रतिबिम्बित गर्दछ ।

सीजी रिलायन्स बेभरेज प्रालि नेपालको सबैभन्दा ठूलो व्यापारिक समूह चौधरी ग्रुप र रिलायन्स इन्डस्ट्रिज लिमिटेडको एफएमसीजी शाखा रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड बीचको संयुक्त हो । कम्पनीले आर.सी.पी.एल.को ब्रान्ड शक्ति तथा चौधरी ग्रुपको स्थानीय बजार अनुभवलाई संयोजन गर्दै नेपालभर क्याम्पा पेय पदार्थहरूको उत्पादन तथा वितरणको जिम्मेवारी निर्वाह गर्दै आएको छ ।
एफएमसीजी शाखा, उपभोक्ताहरूको दैनिक जीवनलाई सशक्त बनाउने मिसनमा छ ।
चौधरी ग्रुप नेपालको अग्रणी बहुआयामिक व्यावसायिक समूह हो, जसले खाद्य तथा पेय पदार्थ, वित्तीय सेवा, शिक्षा, आतिथ्य, सूचना प्रविधि, घरजग्गा तथा पूर्वाधार लगायतका विभिन्न क्षेत्रमा २६० भन्दा बढी ब्रान्ड र २०० भन्दा बढी कम्पनीमार्फत व्यवसाय सञ्चालन गर्दै आएको छ । सिजी नेपालमा क्याम्पा उत्पादनहरूको आधिकारिक उत्पादन तथा वितरण साझेदार हो ।















