डिजिगोले ल्यायो रु. ५४९ मा फिफा विश्वकप २०२६ का सबै १०४ खेल हेर्न मिल्ने मोबाइल पास
काठमाडौं। विश्वकै सर्वाधिक प्रतिक्षित फुटबल प्रतियोगिता फिफा बिश्वकप नजिकिँदै गर्दा नेपालको अग्रणी डिजिटल स्ट्रिमिङ प्लेटफर्म डिजिगोले फुटबल प्रेमीहरूका लागि विशेष मोबाइल ओन्ली पास सार्वजनिक गरेको छ। अब दर्शकहरूले आफ्नो मोबाइलमै नेपाली कमेन्टरी सहित १०८० पी फुल एचडी गुणस्तरमा विश्वकपका सबै १०४ खेल प्रत्यक्ष हेर्न सक्नेछन्।
डिजिगोले मात्र रु. ५४९ मा उपलब्ध गराएको मोबाइल पास एपमार्फत सहज रूपमा खरिद गर्न सकिने जनाएको छ। कम्पनीका अनुसार प्रयोगकर्ताले केही क्लिकमै पास सक्रिय गरी विश्वकपका सम्पूर्ण खेलहरूको आनन्द लिन सक्नेछन्।
यस पासको प्रमुख आकर्षण नेपाली कमेन्टरी रहेको छ। साथै, दर्शकहरूले आफ्नो रुचिअनुसार नेपाली वा अंग्रेजी कमेन्टरी छनोट गर्न सक्ने डुअल कमेन्टरी सुविधा पनि उपलब्ध हुनेछ। सबै खेलहरू १०८० पी फुल एचडी गुणस्तरमा प्रसारण गरिने कम्पनीले जनाएको छ।
डिजिगोका प्रवक्ताले नेपाली दर्शकलाई उच्चस्तरीय र सहज खेल अनुभव प्रदान गर्ने लक्ष्य रहेको बताउँदै आधिकारिक प्लेटफर्ममार्फत सुरक्षित रूपमा विश्वकप हेर्न आग्रह गरेका छन्।
कम्पनीले अनलाइनमा देखिने ‘फ्री स्ट्रिमिङ’ वा शंकास्पद एपहरूको प्रयोग नगर्न पनि चेतावनी दिएको छ। यस्ता अनाधिकृत प्लेटफर्महरूले प्रयोगकर्ताको व्यक्तिगत तथा बैंकिङ जानकारीमा जोखिम निम्त्याउन सक्ने भएकाले आधिकारिक डिजिगो एप प्रयोग गर्न कम्पनीले आग्रह गरेको छ।
फुटबलको महाकुम्भका रूपमा चिनिने फिफा बिश्वकपका खेलहरू सुरक्षित, सहज र किफायती रूपमा हेर्न चाहने नेपाली दर्शकका लागि डिजिगोको मोबाइल पास आकर्षक विकल्प बन्न सक्ने अपेक्षा गरिएको छ।














