एनआईसी एसिया लघुवित्तको आठौँ साधारणसभा सम्पन्न, लक्ष्मण चालिसे अध्यक्ष
काठमाडौं । एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको आठौँ वार्षिक साधारण सभा जेठ ३० गते गोर्खा होटेल, धरान उपमहानगरपालिका वडा नं. १२, सुनसरीमा सम्पन्न भएको छ ।
उक्त सभाले संस्थाको आ.व. २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण २०८२ आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरू समेत) पारित गरेको छ ।
उक्त सभामा प्रचलित कानुन तथा विद्यमान व्यवस्था अनुसार सञ्चालन गरिएको सञ्चालक निर्वाचन कार्यक्रमबाट संस्थापक समूह तर्पm एनआईसी एसिया बैंकबाट मनोनीत भई प्रतिनिधित्व गर्नु भएका लक्ष्मण चालिसे, विभोर कुमार अग्रवाल, दीपेन्द्र शर्मा र पुष्कर राज जोशी तथा सर्वसाधारण समूह तर्पm बलराम पौडेल र मिलन सिग्देल निर्विरोध सञ्चालक पदमा निर्वाचित भएका छन् ।
साथै, साधारण सभा सम्पन्न भए पश्चात् बसेको सञ्चालक समितिको बैठकबाट नव निर्वाचित सञ्चालक लक्ष्मण चालिसेलाई सर्वसम्मतिका साथ अध्यक्षको पदमा चयन गरिएको छ ।
नव निर्वाचित सञ्चालकहरूको कार्यानुभवबाट संस्थाले लिएको लक्ष्य हासिल गरी संस्थालाई लघुवित्त वित्तीय संस्थाहरू माझ अग्रणी, सबल तथा सशक्त लघुवित्त संस्थाको रूपमा स्थापित गराउन अझै थप सहयोग पुग्ने संस्थाको विश्वास रहेको छ ।














