विश्वकपको रोमाञ्च अब घरमै: नेपाली बजारमा टिसिएल टिपी २०० के र टिपी ३०० के पार्टी स्पिकर सार्वजनिक
काठमाडौं । विश्वभर विश्वकप फुटबलको माहोल तातिरहेका बेला, अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्ड टिसिएल ले नेपाली बजारमा आफ्ना नयाँ पोर्टेबल पार्टी स्पिकरहरू टिपी २०० के र टिपी ३०० के सार्वजनिक गरेको छ ।
शक्तिशाली अडियो, आकर्षक लाइट शो तथा आधुनिक कनेक्टिभिटी सुविधाले सुसज्जित यी स्पिकरहरू खेलप्रेमी र मनोरञ्जनका पारखीहरूका लागि विशेष रूपमा डिजाइन गरिएका हुन् । फुटबल समर्थकहरूका लागि खेल हेर्नु मात्र होइन, त्यसको माहोल अनुभव गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
यही अनुभवलाई घरमै जीवन्त बनाउन टिसिएलका यी नयाँ स्पिकरहरूले स्टेडियमको जस्तै ध्वनि र ऊर्जा प्रदान गर्ने लक्ष्य राखेका छन् । जसले गर्दा गोलको गर्जन, दर्शकहरूको उत्साह र कमेन्ट्रीको रोमाञ्च अब अझ स्पष्ट र शक्तिशाली रूपमा अनुभव गर्न सकिनेछ ।

घरेलु म्याच भ्युइङ, पारिवारिक जमघट तथा साना पार्टीहरूका लागि टिसिएल टिपी २०० के उपयुक्त स्पिकर हो, जसमा २२० वाट अडियो पावर, १२ घण्टासम्मको ब्याट्री ब्याकअप तथा ५ वटा डायनामिक लाइट शो मोड उपलब्ध छन् । त्यसैगरी, अझ दमदार ध्वनि अनुभव चाहने प्रयोगकर्ताका लागि टिसिएल टिपी ३०० के उत्कृष्ट विकल्प हो, जसले ३४० वाटसम्मको शक्तिशाली अडियो आउटपुट, गहिरो बास र १८ घण्टासम्मको प्लेटाइम प्रदान गर्दछ । यसमा रहेका ८ वटा आकर्षक लाइट शो मोडहरूले खेल जितेको खुसीयालीलाई अझ भव्य बनाउने काम गर्छन् ।
यी दुवै मोडलमा ब्लुटुथ ५.४, बास बुस्ट, वायरलेस पार्टी लिंक तथा आइपिएक्स ४ वाटर रेसिस्टेन्स जस्ता आधुनिक सुविधाहरू समावेश छन् । प्रयोगकर्ताले दुईवटा स्पिकरलाई वायरलेस रूपमा जडान गरी अझ फराकिलो साउन्ड अनुभव लिन सक्छन ्।
साथै, माइक्रोफोन र गिटार सपोर्टले कराओके तथा लाइभ मनोरञ्जनलाई पनि सहज बनाउँछ । विश्वकपको उत्साह, संगीत र मनोरञ्जनलाई एकै ठाउँमा समेट्ने उद्देश्यका साथ टिसिएलले यी स्पिकरहरू नेपाली बजारमा ल्याएको हो, जसले हरेक क्षणलाई अझ रोमाञ्चक र स्मरणीय बनाउने विश्वास कम्पनीले लिएको छ ।
टिसिएल विश्वका अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डहरूमध्ये एक हो । जसले नवप्रवर्तन र अत्याधुनिक प्रविधिमार्फत विश्वभरका उपभोक्तालाई स्मार्ट मनोरञ्जन अनुभव प्रदान गर्दै आइरहेको छ । नेपालमा एयर कन्डिसनर, टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन तथा वाटर डिस्पेन्सरमार्फत लोकप्रिय रहेको टिसिएल ब्रान्डलाई नेपालमा सिजी इलेक्ट्रोनिक्सले आधिकारिक रुपमा वितरण गर्दै आएको छ ।












