फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह प्रायोजक « Arthapath.com
४ असार २०८३, बिहिबार

फिफा विश्वकप २०२६ प्रसारणमा नेपाल लाइफ सह प्रायोजक



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप २०२६ को प्रसारणका लागि हिमालय स्पोर्ट्ससँग सह प्रायोजकको रूपमा सहकार्य गरेको छ।

यस सहकार्यअन्तर्गत नेपाल लाइफ फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्स टिभी तथा डिगो एप मार्फत सहभागी रहनेछ। ‘विश्वकै सर्वाधिक लोकप्रिय खेल महोत्सव फिफा विश्वकप २०२६ को प्रसारणमा हिमालय स्पोर्ट्ससँग सह–प्रायोजकका रूपमा सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौं’ नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भनें।

विश्वभरका अर्बौं दर्शकहरूको आकर्षणको केन्द्र रहने यस प्रतिष्ठित प्रतियोगिताले खेलकुदमार्फत मानिसहरूलाई एकताबद्ध गर्छ। यस ऐतिहासिक खेल महोत्सवसँग आफ्नो उपस्थिती जोड्न पाउनु हाम्रो लागि गर्वको विषय हो। यस सहकार्यले नेपाली दर्शकमाझ विश्वकपको उत्साह अझ नजिकबाट अनुभव गराउन तथा नेपाल लाइफको ब्रान्डलाई देशभरका खेलप्रेमीसँग थप सशक्त रूपमा जोड्ने विश्वास लिएका छौं।”

फिफा बिश्वकप २०२६ प्रसारण अधिकार तथा सह प्रायोजन अन्तर्गत हिमालय स्पोर्ट्ससँगको सहकार्यलाई नेपाल लाइफले रणनीतिक उपलब्धिका रूपमा लिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्