यातायातमा योगदान गर्ने फोटोनलाई ’कर्पोरेट कमर्सियल भेइकल अवार्ड–२०२६’ « Arthapath.com
५ असार २०८३, शुक्रबार

यातायातमा योगदान गर्ने फोटोनलाई ’कर्पोरेट कमर्सियल भेइकल अवार्ड–२०२६’



काठमाडौं । विश्वकै अग्रणी कमर्सियल भेइकल ब्रान्डमध्ये एक फोटोनलाई आधुनिक प्रविधि, सुरक्षा, दिगो गतिशीलता तथा वातावरणमैत्री यातायात समाधानमार्फत नेपालको यातायात क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याएको सम्मानस्वरूप प्रतिष्ठित ’कर्पोरेट कमर्सियल भेइकल अवार्ड २०२६’ प्रदान गरिएको छ ।

उक्त अवार्ड एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले होटेल र्‍याडिसनमा आयोजित एक कार्यक्रममा ग्रहण गरेका हुन् । यो सम्मानले नेपाली कमर्सियल भेइकल बजारमा फोटोनको बढ्दो प्रभाव र नेपाललाई स्वच्छ, हरित तथा प्रभावकारी यातायात प्रणालीतर्फ अघि बढाउने कम्पनीको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।

नेपालभर २,००० भन्दा बढी फोटोन सवारीसाधन आपूर्ति भइसकेको छ । यससँगै ब्रान्डले नेपालको कमर्सियल यातायात क्षेत्रमा मजबुत उपस्थिति स्थापित गरेको छ । फोटोनका भरपर्दा ट्रक, भ्यान तथा इलेक्ट्रिक कमर्सियल सवारीसाधनहरूले व्यावसायिक गतिशीलता सुधार गर्न महत्वपूर्ण भूमिका खेलेका छन् भने दिगो यातायात विकासका राष्ट्रिय लक्ष्यहरूलाई पनि सहयोग पुर्‍याएका छन् ।

’कर्पोरेट कमर्सियल भेइकल अवार्ड २०२६’ ले फोटोनको इलेक्ट्रिक मोबिलिटी प्रवद्र्धन, कार्बन उत्सर्जन न्यूनीकरण, स्वच्छ ऊर्जा प्रयोगलाई प्रोत्साहन तथा नेपालको विकसित हुँदै गएको यातायात पूर्वाधार र आर्थिक वृद्धिलाई सहयोग गर्ने उन्नत कमर्सियल भेइकल प्रविधि भित्र्याउने नेतृत्वदायी भूमिकालाई मान्यता दिएको छ ।

उक्त उपलब्धिबारे बोल्दै एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले ’कर्पोरेट कमर्सियल भेइकल अवार्ड २०२६’ प्राप्त गर्नु फोटोन ब्रान्ड र एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्राइभेट लिमिटेडका लागि गौरवको क्षण भएको बताए । यस सम्मानले नेपालमा विश्वस्तरीय कमर्सियल मोबिलिटी समाधान उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाएको उनले बताए ।

आफूहरू भरपर्दो सवारीसाधन, नवीन प्रविधि, मजबुत बिक्रीपछिको सेवा तथा व्यवसाय र देशको आर्थिक प्रगतिलाई सहयोग गर्ने दिगो यातायात समाधान प्रदान गर्न निरन्तर केन्द्रित रहने उनले स्पष्ट पारे । विश्वव्यापी रूपमा फोटोन नवप्रवर्तन, विश्वसनीयता तथा इन्टेलिजेन्ट मोबिलिटी समाधानका लागि परिचित छ । ब्रान्डले इलेक्ट्रिक मोबिलिटी, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम तथा ऊर्जा–दक्ष यातायात समाधानसहित नयाँ पुस्ताको कमर्सियल भेइकल प्रविधिमा निरन्तर लगानी गर्दै आएको छ ।

गुणस्तर, टिकाउपन, प्रदर्शन क्षमता र प्रविधिगत प्रगतिप्रतिको प्रतिबद्धताले फोटोनलाई विश्वभरका व्यवसायहरूको विश्वास दिलाएको छ । नेपालमा फोटोनलाई एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्राइभेट लिमिटेडले आधिकारिक रूपमा प्रतिनिधित्व गर्दै आएको छ ।

कम्पनीले ग्राहकहरूलाई व्यापक सहयोग सुनिश्चित गर्न देशभर ३ एस नेटवर्क – सेल्स, सर्भिस र स्पेयर पाट्र्स विस्तार गरेको छ । साथै, कम्पनीले नेपालभर २०० भन्दा बढी सिसिएस२ स्पिड चार्जिङ प्वाइन्टसहितको चार्जिङ नेटवर्क विकास गरेको छ । जसले इलेक्ट्रिक मोबिलिटी पूर्वाधारलाई थप मजबुत बनाउँदै ग्राहकहरूलाई सहज चार्जिङ सुविधा प्रदान गर्दछ ।

यस मजबुत सहयोग नेटवर्कमार्फत ग्राहकहरूले सवारीसाधन उपलब्धता, जेन्युइन स्पेयर पाट्र्स, व्यावसायिक बिक्रीपछिको सेवा तथा भरपर्दो चार्जिङ समाधान देशभर प्राप्त गर्न सक्छन् । यो अवार्डले फोटोनको नेपालको कमर्सियल यातायात उद्योगलाई भरपर्दो प्रदर्शन, नवीन प्रविधि, दिगो मोबिलिटी समाधान तथा नेपाली व्यवसायहरूको आवश्यकताअनुरूप विश्वस्तरीय उत्पादनमार्फत सहयोग गर्ने प्रतिबद्धतालाई अझ सुदृढ बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्