युनाइटेड अजोड इन्स्योरेन्सद्वारा ४.५ प्रतिशत लाभांश घोषणा, बोनस शेयर कति ?
काठमाडाैं । युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ।
इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ४.२८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असार ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। इन्स्योरेन्सको चुक्ता पूँजी दुई अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।












