गुराँस लाइफको ५.२५% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
२३ असार २०८२, सोमबार

गुराँस लाइफको ५.२५% बोनस सेयर सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रस्तावित लाभांशसहित विविध प्रस्ताव पारित गर्न मंसिर ४ गते साधारणसभा आह्वान गरेको छ ।

साधारणसभाका लागि कम्पनीले कात्तिक २० देखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने भएको हो । यसर्थ लाभांश प्राप्त गर्न र साधारणसभामा भाग लिन कात्तिक १९ गतेभित्र शेयर सुरक्षित गनुपर्ने भएको छ ।

कम्पनीको कार्तिक ३ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको कम्पनीले जनाएको छ । सभा कम्पनीको प्रधान कार्यालय राज भवन तिनकुनेमा बिहान १०ः३० बजेबाट सुरु हुने भएको छ ।

सभामा कम्पनीको भाद्र १९ गते बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेअनुसार आर्थिक वर्ष २०७४–७५ को मुनाफबाट कम्पनीका शेयरधनीहरूलाई १० दशमलव ५० प्रतिशत बोनस शेयर वितरण गर्ने र सो बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरण गरिने विशेष प्रस्ताव रहेको छ ।


प्रतिक्रिया दिनुहोस्