सर्वोत्तम पेन्ट्सको आइपीओ बाँडफाँट: तपाईंलाई पर्यो कि परेन यसरी हेर्नुहोस् नतिजा ? « Arthapath.com
११ असार २०८३, बिहिबार

सर्वोत्तम पेन्ट्सको आइपीओ बाँडफाँट: तपाईंलाई पर्यो कि परेन यसरी हेर्नुहोस् नतिजा ?



काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजको आइपीओ बाँडफाँट भएकाे छ। आज बिहान धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बाँडफाँट बाँडफाँट गरिएको हाे ।

सर्वोत्तम पेन्ट्सको आइपीओ गते जेठ २८ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ७ लाख ५ हजार ५०० कित्ता शेयर बिक्री खुला गरिएको थियो।

यो आइपीओमा २८ लाख ९४ हजार २३२ आवेदकबट कुल ३ करोड १० लाख ३३ हजार १८० कित्ता शेयर माग भएको थियो। जसमा २८ लाख ५० हजार २५ आवेदकबाट माग भएको ३ करोड ५ लाख २७ हजार ५४० कित्ता शेयर सदर भएको थियो। जसअनुसार ४४ हजार २०७ आवेदकबाट माग भएको ५ लाख ५ हजार ६४० कित्ता शेयर बदर भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण यो आइपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको छ। जसमा भाग्यमानी ७० हजार ५५० जनाले १० कित्ताका दरले शेयर पाएका छन्।

यो आइपीओको नतिजा धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइटका साथै सीडीएससीको मेरो शेयर र iporesult.cdsc.com.np मा हेर्न सकिन्छ।


प्रतिक्रिया दिनुहोस्