‘क्यान यू सोल्भ द पजल’ प्रतियोगिताका विजेता बने नुवाकोटका श्याम रिजाल « Arthapath.com
१२ असार २०८३, शुक्रबार

‘क्यान यू सोल्भ द पजल’ प्रतियोगिताका विजेता बने नुवाकोटका श्याम रिजाल



काठमाडौं। नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन गरेको ‘यु क्यान सल्भ दिस् पजल’ प्रतियोगिताको विजेता घोषणा गरेको छ। प्रतियोगितामा नुवाकोटका श्याम रिजाल विजेता बनेका छन्।

ग्राहकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउने तथा मनोरञ्जनात्मक गतिविधिमार्फत उनीहरूलाई सहभागी गराउने उद्देश्यले सिजीले उक्त प्रतियोगिता सञ्चालन गरेको जनाएको छ। कम्पनीका अनुसार प्रतियोगितामा देशभरबाट उत्साहजनक सहभागिता रहेको थियो।

विजेता रिजाललाई सानेपास्थित सिजी इलेक्ट्रोनिक्सको कार्यालयमा आयोजित कार्यक्रममा सिजी ब्रान्डका सेल्स म्यानेजर बद्रीनाथ रायले ‘सीजी ब्रिजर २२ एयर कुलर हस्तान्तरण गरेका हुन्। कम्पनीले गर्मी मौसमका लागि उपयोगी उक्त एयर कुलरलाई आकर्षक उपहारका रूपमा प्रदान गरेको जनाएको छ।

सिजीका अनुसार प्रतियोगितामा ग्राहकहरूको उल्लेखनीय सहभागिताले ब्रान्डप्रतिको विश्वास र मायालाई थप बलियो बनाएको छ। कम्पनीले ‘एक्सपिरियन्स लाईफ विथ सीजी’ नारालाई आत्मसात गर्दै आगामी दिनमा पनि ग्राहकसँग नजिकिने तथा उनीहरूलाई खुसी साट्ने उद्देश्यले यस्ता आकर्षक र सहभागितामूलक प्रतियोगिताहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया दिनुहोस्