आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख सहयोग « Arthapath.com
११ असार २०८३, बिहिबार

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेसन फाउन्डेसनलाई ५ लाख सहयोग



काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत समता एजुकेसन फाउन्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

कम्पनीका अनुसार उक्त सहयोग रकम कैलाली, दोलखा र सिन्धुलीमा सञ्चालित समता एजुकेसन फाउन्डेसनअन्तर्गतका विद्यालयहरूको शैक्षिक गतिविधि सुदृढीकरण तथा गुणस्तरीय शिक्षा प्रवर्द्धनमा खर्च गरिनेछ।

समता एजुकेसन फाउन्डेसनले लामो समयदेखि आर्थिक रूपमा विपन्न बालबालिकालाई न्यून शुल्कमा गुणस्तरीय शिक्षा उपलब्ध गराउँदै आएको छ। कम्पनीले यस सहयोगले फाउन्डेसनका शैक्षिक कार्यक्रमलाई थप प्रभावकारी बनाउनुका साथै अझ धेरै विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

‘इन्स्युरिङ फ्युचर’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै आईएमई लाइफ इन्स्योरेन्सले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा समुदाय विकासका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्