कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई स्टेशनरी तथा शैक्षिक सामग्री वितरण « Arthapath.com
१२ असार २०८३, शुक्रबार

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई स्टेशनरी तथा शैक्षिक सामग्री वितरण



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत महेन्द्रनगर शाखामार्फत बेदकोट नगरपालिका–८ स्थित श्री बैजनाथ माध्यमिक विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गरेको छ।

बैंकका महेन्द्रनगर शाखा प्रमुख कृष्ण सिंह भाटले बेदकोट–८ का वडा अध्यक्ष महेशदत्त जोशीको उपस्थितिमा विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई स्टेशनरी तथा शैक्षिक सामग्री वितरण गरेका हुन्।

कार्यक्रममा वडा अध्यक्ष जोशीले सामुदायिक विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी आर्थिक रूपमा कमजोर पृष्ठभूमिका भएकाले बैंकको शैक्षिक सामग्री सहयोगले पठनपाठनमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।

बैंकका महेन्द्रनगर शाखा प्रमुख भाटले विद्यालयमा वितरण गरिएको स्टेशनरी तथा शैक्षिक सामग्रीले समुन्नत समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए।

उक्त कार्यक्रममा बैंकका कर्मचारी, बेदकोट–८ का वडा अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको समन्वय तथा सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्