महासंघको केन्द्रीय सदस्य तथा व्यापार समिति सभापतिमा नियुक्त रिजाललाई मोरङ उद्योग व्यापार संघको बधाई « Arthapath.com
१६ असार २०८३, मंगलबार

महासंघको केन्द्रीय सदस्य तथा व्यापार समिति सभापतिमा नियुक्त रिजाललाई मोरङ उद्योग व्यापार संघको बधाई



काठमाडौं। मोरङ उद्योग व्यापार संघले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य तथा व्यापार समिति सभापतिमा नियुक्त भएका संघका निवर्तमान अध्यक्ष नवीन रिजाललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ।

संघका अध्यक्ष अनुपम राठीसहित पदाधिकारी र कार्यसमिति सदस्यहरूले आयोजित कार्यक्रममा रिजाललाई बधाई ज्ञापन गर्दै महासंघमा उनको नेतृत्वले निजी क्षेत्रको आवाजलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेका हुन्।

गत वैशाखमा सम्पन्न फेडेरेसन ओफ नेपलिज च्याम्बर ओफ कमर्स एन्ड इन्डस्ट्रिको साधारणसभा तथा निर्वाचनपछि गठित कार्यसमितिमा रिजाल केन्द्रीय सदस्यमा मनोनीत भएका थिए। त्यसपछि महासंघले उनलाई व्यापार समितिको सभापतिको जिम्मेवारी पनि दिएको छ।

कार्यक्रममा अध्यक्ष राठीले झण्डै दुई दशकदेखि संघमा सक्रिय रहँदै ३३औँ कार्यसमितिको नेतृत्व गरेका रिजालले निजी क्षेत्रको हकहित संरक्षण, प्रवर्द्धन तथा समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताए। उद्योगी–व्यवसायीका पक्षमा निरन्तर सशक्त वकालत गर्दै आएको भन्दै उनले रिजालको नेतृत्वको प्रशंसा गरे।


प्रतिक्रिया दिनुहोस्