मानुषी लघुवित्तको साधारणसभाबाट मर्जर प्रस्ताव पारित
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सभाले जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्ज हुने विशेष प्रस्ताव पारित गरेको छ।
सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पनि अनुमोदन गरेको कम्पनीले जनाएको छ। बनेपास्थित होटल उग्रचण्डीमा आयोजित साधारणसभाले दुई जना सञ्चालकको नियुक्तिलाई पनि अनुमोदन गरेको छ।
काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्तका हाल १४ जिल्लामा ३६ वटा शाखा सञ्चालनमा छन्। संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ करोड ५३ लाख ४३ हजार ९ सय ५०रुपैयाँ रहेको जनाएको छ।













