बिपीए अवार्ड–२०२५ बाट एनसिएचएल सम्मानित « Arthapath.com
१८ असार २०८३, बिहिबार

बिपीए अवार्ड–२०२५ बाट एनसिएचएल सम्मानित



काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) लाई द इन्स्टिच्युट्स अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (आईसिएएएन) द्वारा आयोजित वार्षिक कार्यक्रममा ’नेसनल बेस्ट प्रिजेन्टेड अवार्ड २०२५’ अन्तर्गत कम्युनिकेसन तथा आईटी क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” अवार्ड प्रदान गरिएको छ ।

एनसिएचएलले आर्थिक वर्ष २०८१/८२ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदन तथा कम्पनीले गरेको डिस्क्लोजरहरूको आधारमा उक्त पुरस्कार प्रदान गरिएको हो । बिपीए अवार्डले प्रत्येक वर्ष संस्थाहरूको वित्तीय प्रतिवेदनको उत्कृष्टता, संस्थागत सुशासन तथा पारदर्शिताको आधारमा संस्थाहरूलाई सम्मानित गर्दै आइरहेको छ ।

उक्त सम्मानले एनसिएचएलको पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनसम्बन्धी उत्कृष्ट अभ्यासलाई प्रतिबिम्बित गर्दछ । साथै, अघिल्ला वर्षहरूमा समेत एनसिएचएलले आईसिएएएन तथा साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्स (साफा) बाट ’बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवाड्र्स’ पुरस्कार प्राप्त गर्दै आएको छ ।

एनसिएचएलले हरेक वर्ष पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तीय डिस्क्लोजरतर्फको प्रतिबद्धताको सम्मान स्वरूप उक्त अवार्डलाई लिएको छ ।

एनसिएचएलले आफ्ना ५२ सदस्य बैंक तथा वित्तीय संस्थाहरू मार्फत एनसिएचएल–इसिसि, एनसिएचएल–आइपिएस, रिटेल पेमेन्ट स्विच (आरपिएस), नेसनल पेमेन्ट स्विच, कनेक्टआरटिजिएस, नेसनल पेमेन्ट्स इन्टरफेस (एनपिआई), कनेक्ट आइपिएस, कर्पोरेटपे, नेपालपे क्युआर, इएफटि कार्ड स्विच एन्ड सर्भिसेज र नेपालपे कार्ड लगायतका प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै यसमा इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपि/पिएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरू लगायत १२५ भन्दा बढी इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आवद्ध रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्