मंगलबार ५.४० अंकले बढेको नेप्से बुधबार २.३९ अंकको गिरावट, कारोबारमा पनि गिरवाट « Arthapath.com
९ असार २०८२, सोमबार

मंगलबार ५.४० अंकले बढेको नेप्से बुधबार २.३९ अंकको गिरावट, कारोबारमा पनि गिरवाट



काठमाडौं । बुधबार नेप्सेमा २.३९ अंकले गरिवाट आएको छ । नेप्से सूचक घटेर १६४०.६९ अंकमा बन्द भएको छ । सूचकमा गिरावट आएसँगै कारोबार रकम पनि १ अर्ब ७५ करोड रुपैयाँ मात्रै भएको छ ।

बुधबार व्यापार, होटल, हाइड्रोपावर, अन्य र म्युचुअल फन्डको सूचक भने सुधार भएको छ । विशाल बजारको मूल्यमा विगत केही दिनदेखि लगातार बढ्दो क्रममा सर्किट लागिरहेको छ । कम्पनीको मूल्य अधिकतम १० प्रतिशतले बढेर २५७५ रुपैयाँ कायम भएको छ ।

सबैभन्दा धेरै प्राइम बैंकको ९ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ । २०१ वटा कम्पनीको कारोबार हुँदा ५६ वटाको मूल्यमा सुधार आए पनि ९३ वटा मूल्यमा गिरावट आएको छ ।

मंगलबार नेप्से ५.४० अंकले बढेर १,६४.०३ अंकमा बन्द भएको थियो । मंगलबार १९८ कम्पनीको ७७ लाख ५७ हजार ३ सय ५३ कित्ता शेयर किनबेच भएको थियो ।
मंगलबार २ अर्ब २३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्