नेपाल बैंक एनपीएस-एनसीएस तथा नेपाल पे कार्डमा आवद्ध
काठमाडौं । नेपाल बैंक र एनसीएचएल बीच नेश्नल पेमेन्ट स्वीच अन्तर्गत नेश्नल कार्ड स्वीच र नेपालपे कार्र्ड को प्रिन्सिपल मेम्बरसीपका लागि आज एक औपचारिक कार्यक्रममा सम्झौता भएको छ ।
नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरी सम्झौता पत्र आदानप्रदान गरेका हुन् ।
उक्त सम्झौता पश्चात्, नेपाल बैंकले आफ्नोस्वीच एनपीएस(एनसीएसमा इन्टिग्रेट गरे पश्चात् आफ्नो ग्राहकहरुलाई नेपालपे कार्ड जारी गर्न तथा उक्त कार्डको कारोबार एक्सेप्ट गर्न सक्नेछ ।
एनसीएचएलले हालै नेपाल पे कार्डको व्यवसायिक रोलआउट शुरु गरे पश्चात् अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ । नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ । साथै, रुपे कार्ड लगायत अन्तर्राष्ट्रिय डिस्कभर कार्डहरु पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ ।
एनपीएस(एनसीएसलाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना भएको हो । उक्त प्रणालीले गर्दा डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित हुने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । एनपीएस-एनसीएस र नेपाल पे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पु¥याउने अपेक्षा गरिएको छ ।
हालसम्म एनपीएस(एनसीएसमा अन्य ३५ वटा बैंक तथा वित्तीय संस्थाहरु प्रिन्सिपल मेम्बरको रुपमा आवद्ध भइसकेका छन् । हाल ७ वटा बैंकहरुले कार्ड इस्यू गर्न शुरु गरिसकेका छन् भने १० वटा बैंकहरुले अक्वायरिङ्ग पनि गर्दै आइरहेको छ र आगामी दिनहरुमा यो संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।
नेपालको अग्रणी बैंकहरू मध्ये नेपाल बैंकले ग्राहक वर्गलाई विविध सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । पछिल्लो समय बैंक डिजिटलाइजेसन तर्फ केन्द्रित हुँदै आन्तरिक प्रणाली तथा ग्राहक सेवालाई तीव्र रुपमा रुपान्तरण गर्दै आइरहेको छ । देशभर बलियो उपस्थितिसँगै बैंकले आफ्नो सेवा पहुँच विस्तार गर्दै कार्ड प्रयोगकर्ताको आधार पनि क्रमशः बढाउँदै लगेको छ ।नेपाल बैंक एनपीएस(एनसीएस तथा नेपाल पे कार्डमा आवद्ध
काठमाडौं, नेपाल बैंक र एनसीएचएल बीच नेश्नल पेमेन्ट स्वीच अन्तर्गत नेश्नल कार्ड स्वीच र नेपालपे कार्र्ड को प्रिन्सिपल मेम्बरसीपका लागि आज एक औपचारिक कार्यक्रममा सम्झौता भएको छ । नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरी सम्झौता पत्र आदानप्रदान गरेका हुन् ।
उक्त सम्झौता पश्चात्, नेपाल बैंकले आफ्नोस्वीच एनपीएस(एनसीएसमा इन्टिग्रेट गरे पश्चात् आफ्नो ग्राहकहरुलाई नेपालपे कार्ड जारी गर्न तथा उक्त कार्डको कारोबार एक्सेप्ट गर्न सक्नेछ ।
एनसीएचएलले हालै नेपाल पे कार्डको व्यवसायिक रोलआउट शुरु गरे पश्चात् अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ । नेशनल पेमेन्ट स्विच अन्तर्गत नेपालपे सञ्चालनमा आएसँगै बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ । साथै, रुपे कार्ड लगायत अन्तर्राष्ट्रिय डिस्कभर कार्डहरु पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ ।
एनपीएस(एनसीएसलाई विभिन्न कार्ड स्विचहरु बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना भएको हो । उक्त प्रणालीले गर्दा डोमेस्टिक कार्ड कारोबारहरूको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित हुने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणहरुको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । एनपीएस(एनसीएस र नेपाल पे कार्डको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पु¥याउने अपेक्षा गरिएको छ ।
हालसम्म एनपीएस(एनसीएसमा अन्य ३५ वटा बैंक तथा वित्तीय संस्थाहरु प्रिन्सिपल मेम्बरको रुपमा आवद्ध भइसकेका छन् । हाल ७ वटा बैंकहरुले कार्ड इस्यू गर्न शुरु गरिसकेका छन् भने १० वटा बैंकहरुले अक्वायरिङ्ग पनि गर्दै आइरहेको छ र आगामी दिनहरुमा यो संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ ।
नेपालको अग्रणी बैंकहरू मध्ये नेपाल बैंकले ग्राहक वर्गलाई विविध सेवा तथा सुविधा प्रदान गर्दै आएको छ । पछिल्लो समय बैंक डिजिटलाइजेसन तर्फ केन्द्रित हुँदै आन्तरिक प्रणाली तथा ग्राहक सेवालाई तीव्र रुपमा रुपान्तरण गर्दै आइरहेको छ । देशभर बलियो उपस्थितिसँगै बैंकले आफ्नो सेवा पहुँच विस्तार गर्दै कार्ड प्रयोगकर्ताको आधार पनि क्रमशः बढाउँदै लगेको छ ।