लुम्बिनी विकास बैंककाे बट्टार शाखाद्वारा सुलक्षणा माविलाई शैक्षिक सामग्री सहयोग « Arthapath.com
२१ असार २०८३, आइतबार

लुम्बिनी विकास बैंककाे बट्टार शाखाद्वारा सुलक्षणा माविलाई शैक्षिक सामग्री सहयोग



काठमाडाैं । लुम्बिनी विकास बैंक लिमिटेड, बट्टार शाखाले श्री सुलक्षणा माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेको छ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं. २ मा रहेको श्री सुलक्षणा माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेकाे हाे ।

विद्यालयमा अध्ययनरत ईसीडी कक्षादेखि कक्षा १० सम्मका कुल १०१ जना विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हाे।

विद्यालयको शैक्षिक विकासमा टेवा पुऱ्याउने र विद्यार्थीहरूको सिकाइलाई सहज बनाउने उद्देश्यका साथ उक्त सहयोग प्रदान गरेको बैंकले जनाएकाे छ।

विद्यालय परिवार र व्यवस्थापन समितिले सहयोगकाे कदर गर्दै बैंकलाई एक विशेष समारोहका बीच सम्मान पत्र प्रदान गरी सम्मानित गरेको छ। यस्तै विद्यालयको श्रीवृद्धि र शैक्षिक उन्नयनका लागि बैंकको निरन्तर सहयोगको अपेक्षा समेत व्यक्त गरेकाे छ।

कार्यक्रममा शाखा प्रबन्धक आचार्यले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

बैंकको यो सहयोगले विद्यालयका बालबालिकाहरूको पठनपाठनमा प्रत्यक्ष टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

उक्त कार्यक्रममा लुम्बिनी बिकास बैंक, बट्टार शाखाका शाखा प्रबन्धक अजय आचार्यसहित शाखाका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो। साथै, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, बिदुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष तथा स्थानीय समाजसेवी एवं अभिभावकहरूको समेत सहभागिता रहेको थियो।


प्रतिक्रिया दिनुहोस्