एलजीद्वारा नेपाली बजारमा ‘एसेन्सियल सिरिज’का नयाँ घरेलु उपकरण सार्वजनिक
काठमाडौं। एलजीले नेपाली उपभोक्तालाई लक्षित गर्दै ‘एलजी एसेन्सियल सिरिज’ अन्तर्गत नयाँ घरेलु उपकरण सार्वजनिक गरेको छ। कम्पनीले बुटवलमा आयोजित कार्यक्रममा डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन र रुम एयर कन्डिसनर सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार ‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत ल्याइएको यो उत्पादन श्रृंखला नेपाली परिवारको आवश्यकता, स्थानीय मौसम र जीवनशैलीलाई ध्यानमा राखेर विकास गरिएको हो। आधुनिक प्रविधि, ऊर्जा दक्षता, टिकाउपन तथा किफायती मूल्यलाई प्राथमिकतामा राखेर उत्पादन तयार गरिएको कम्पनीले जनाएको छ।
नयाँ डबल–डोर रेफ्रिजेरेटरमा फ्रोस्ट–फ्री प्रविधि, स्मार्ट मोड र अघिल्लो मोडेलभन्दा २० प्रतिशत बढी तरकारी भण्डारण क्षमता रहेको कम्पनीको दाबी छ। त्यस्तै, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिनमा कम पानीको चापमा पनि प्रभावकारी धुलाई गर्न सक्ने सुविधा दिइएको छ।
कम्पनीले सार्वजनिक गरेको रुम एयर कन्डिसनरमा ऊर्जा–दक्ष इन्भर्टर प्रविधि, कम विद्युत् खपत र वातावरणमैत्री आर–३२ रेफ्रिजरेन्ट प्रयोग गरिएको जनाएको छ।
एलजीका यी उत्पादनको बिक्री नेपालभर सुरु भइसकेको कम्पनीले जनाएको छ। प्रारम्भिक मोडेलको मूल्य रु. ४९ हजार ६९० बाट सुरु हुने जनाइएको छ। उत्पादनहरू एलजी ब्रान्ड शप, मल्टि–ब्रान्ड रिटेल आउटलेट तथा प्रमुख ई–कमर्स पोर्टलमार्फत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।













