प्राइम कमर्सियल बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन आज बन्द हुँदै, आवेदन दिने अन्तिम माैका « Arthapath.com
२३ असार २०८३, मंगलबार

प्राइम कमर्सियल बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन आज बन्द हुँदै, आवेदन दिने अन्तिम माैका



काठमाडौँ । प्राइम कमर्सियल बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज (असार २३ गते) अन्तिम दिन हो।

बैंकले गत असार १६ गतेदेखि १० वर्ष अवधिको ‘६.२५ प्रतिशत प्राइम बैंक डिबेञ्चर २०९३’ बिक्री खुला गरेको थियो। यस ऋणपत्र खरिद गर्ने लगानीकर्ताले वार्षिक ६.२५ प्रतिशतका दरले नियमित रूपमा ब्याज पाउनेछन्।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य बराबरको कुल ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो, जसको कुल रकम ३ अर्ब रुपैयाँ हुन्छ।

यसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री गरिनेछ। सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ।

यो ऋणपत्रमा लगानी गर्न इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले लिएको छ।

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। यसका साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा विकसित ‘मेरो शेयर’ अनलाइन सफ्टवेयर प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत पनि घरमै बसेर सहजै आवेदन दिन सकिनेछ।


प्रतिक्रिया दिनुहोस्