इनड्राइभ नेपालले ल्यायो ‘आफ्नै रोजाइको भाडा । यहाँ मात्र ।’ प्यासेन्जर ३६०° क्याम्पेन
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा ‘आफ्नै रोजाइको भाडा ‘यहाँ मात्र’ भन्ने मूल सन्देशसहित नयाँ प्यासेन्जर ३६०° क्याम्पेन सुरु गरेको छ । जुन २०२६ देखि सुरु भएको यो क्याम्पेन सेप्टेम्बरसम्म काठमाडौं केन्द्रित रहनेछ ।
पारदर्शी भाडादर, यात्रुको छनोटको अधिकार र सहज शहरी आवागमनलाई प्रवद्र्धन गर्ने उद्देश्यले क्याम्पेन सञ्चालन गरिएको कम्पनीले जनाएको छ । क्याम्पेनले यात्रुलाई आफ्नो यात्रासम्बन्धी निर्णयमा थप नियन्त्रण प्रदान गर्नुका साथै पारदर्शी र भरपर्दो मोबिलिटी अनुभवप्रति इनड्राइभको प्रतिबद्धतालाई उजागर गर्नेछ ।
ट्राफिक जाम, समयको चाप तथा सार्वजनिक यातायातको अनिश्चितताले दैनिक आवागमन चुनौतीपूर्ण बन्ने काठमाडौंजस्तो व्यस्त सहरमा यात्रुहरूले केवल सवारीसाधन मात्र नभई पारदर्शिता, सहजता र आफ्नो आवश्यकताअनुसार छनोट गर्ने स्वतन्त्रता पनि खोजिरहेका छन् । यही आवश्यकतालाई सम्बोधन गर्दै इनड्राइभले यात्रु र चालक दुवैको सहमतिमा भाडा तय हुने यात्रु–केन्द्रित सेवा मोडल सञ्चालन गर्दै आएको छ ।
नेपालमा सेवा विस्तार गरेयता इनड्राइभले यात्रुलाई आफैं भाडा प्रस्ताव गर्न, उपलब्ध चालकका विकल्पहरू हेर्न तथा आफ्नो आवश्यकताअनुसार चालक छनोट गर्न सक्ने सुविधा प्रदान गर्दै आएको छ । यसले यात्रुलाई यात्रा स्वीकार गर्नुअघि नै भाडादर र चालकसम्बन्धी जानकारीका आधारमा थप सूचित निर्णय लिन सहयोग पुर्याउने कम्पनीको भनाइ छ ।
सन् २०२६ को जुनदेखि सेप्टेम्बरसम्म सञ्चालन हुने प्यासेन्जर ३६०ङ्ढ क्याम्पेनअन्तर्गत ‘आफ्नै रोजाइको भाडा । यहाँ मात्र ।’ विषयवस्तुमा केन्द्रित डिजिटल भिडियो, सामाजिक सञ्जाल सामग्री, आउट–अफ–होम विज्ञापन, इन्फ्लुएन्सर सहकार्य, इन–एप अनुभव तथा काठमाडौंका विभिन्न स्थानमा प्रत्यक्ष प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
क्याम्पेनमा बिहान सबेरै काममा निस्कने यात्रुदेखि राति अबेरसम्म आवतजावत गर्ने व्यक्ति, विद्यार्थी, युवा पेसाकर्मी तथा स्वतन्त्र र आत्मविश्वासपूर्वक सहरमा यात्रा गर्न चाहने महिलासम्मका काठमाडौंवासीको दैनिक यात्राका वास्तविक अनुभवलाई समेटिनेछ । सहरका प्रत्येक यात्रुको आवश्यकता फरक हुने भएकाले उनीहरूले आफ्नो समय, सुविधा र बजेटअनुसार यात्रा छनोट गर्न पाउनुपर्ने सन्देश क्याम्पेनले प्रवाह गर्नेछ ।
इनड्राइभको सेवा अवधारणा यात्रु र चालक दुवैलाई भाडादर तथा यात्रासम्बन्धी निर्णयमा थप नियन्त्रण र छनोटको अवसर प्रदान गर्ने सिद्धान्तमा आधारित छ । कम्पनीका अनुसार यात्रुले एपमार्फत आफूले तिर्न चाहेको भाडा प्रस्ताव गर्न सक्छन् भने चालकले उक्त प्रस्ताव स्वीकार गर्न, अस्वीकार गर्न वा अर्को भाडा प्रस्ताव गर्न सक्छन्। अन्तत: दुवै पक्षको सहमतिपछि मात्र यात्रा अगाडि बढ्नेछ ।
इनड्राइभ नेपालकी कन्ट्री रिप्रिजेन्टेटिभ रिता पोखरेलले भनिन्, “काठमाडौं निरन्तर गतिशील सहर हो र यहाँका मानिसहरूले आफ्नो दैनिक आवागमनमा पारदर्शिता, भरपर्दोपना र लचकतालाई विशेष महत्व दिन्छन् । विगतका वर्षहरूमा हामीले यात्रुहरूले केवल सहज यात्रा मात्र नभई स्पष्ट भाडादर, थप छनोटको अवसर र आफ्नो यात्रासम्बन्धी निर्णयमा आत्मविश्वास पनि खोज्ने गरेको बुझेका छौँ । ‘आफ्नै रोजाइको भाडा । यहाँ मात्र ।’ क्याम्पेन नेपालका यात्रुलाई त्यही अनुभव प्रदान गर्ने हाम्रो निरन्तर प्रतिबद्धताको प्रतिबिम्ब हो ।”
यस क्याम्पेनमार्फत अनुमानयोग्य तथा पारदर्शी भाडादर, यात्रुको छनोटको अधिकार र दैनिक आवागमनमा सहज पहुँच प्रदान गर्ने प्लेटफर्मका रूपमा इनड्राइभको पहिचानलाई अझ मजबुत बनाउने कम्पनीको विश्वास छ ।













