वित्तीय साक्षरता अभियानअन्तर्गत सन सेक्युरिटिजको निःशुल्क १० दिने शेयर तालिम « Arthapath.com
३१ असार २०८३, बुधबार

वित्तीय साक्षरता अभियानअन्तर्गत सन सेक्युरिटिजको निःशुल्क १० दिने शेयर तालिम



काठमाडौं । सन सेक्युरिटिजले वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले निःशुल्क १० दिने शेयर बजारसम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ।

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार आगामी २०८३ असार ३० गतेदेखि सञ्चालन हुने तालिम विशेषगरी शेयर बजारमा लगानी गर्न इच्छुक नयाँ लगानीकर्ता तथा युवालाई लक्षित गरिएको हो। तालिम हरेक दिन बिहान ८:०० बजेदेखि १०:०० बजेसम्म सञ्चालन हुनेछ।

तालिममा शेयर बजारको आधारभूत अवधारणा, कम्पनीको वित्तीय विवरण विश्लेषण गरी शेयर छनोट गर्ने विधि, बजारमा हुने उतारचढावको कारण तथा जोखिम व्यवस्थापन, प्राविधिक विश्लेषण (चार्ट अध्ययन), नेपालको कानुनी तथा नियामकीय व्यवस्था, प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्ने प्रक्रिया, लगानीकर्ताले प्रयोग गर्ने विभिन्न अनलाइन प्लेटफर्म तथा उपकरणको प्रयोगलगायत विषयमा प्रशिक्षण दिइने कम्पनीले जनाएको छ।

सन सेक्युरिटिजका अनुसार शेयर बजारप्रति आम नागरिकको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै सुरक्षित र सूचित लगानी संस्कृतिको विकास गर्ने उद्देश्यले यो तालिम आयोजना गरिएको हो। कम्पनीले इच्छुकलाई समयमै नाम दर्ता गराउन पनि आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्