ब्रोकर एसोसिएसनको अध्यक्षमा मैनाली निर्विरोध निर्वाचित « Arthapath.com
२१ कार्तिक २०७७, शुक्रबार

ब्रोकर एसोसिएसनको अध्यक्षमा मैनाली निर्विरोध निर्वाचित



काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको अध्यक्षमा सन्तोष मैनाली सर्वसम्मतले निर्वाचित भएका छन् । उनी ब्रोकर नम्बर ३६, सेक्युर्ड सेक्युरिटीजका सञ्चालक समेत हुन् ।

शुक्रबार हुने निर्वाचनका लागि अध्यक्ष पदमा मैनालीको मात्रै उम्मदवारी परेपछि निर्विरोध निर्वाचित भएका हुन् । उनको स्थायी घर झापा हो । स्टक ब्रोकर्स एसोसिएसनका नयाँ अध्यक्ष बनेका हुन् ।

त्यस्तै उपाध्यक्षका लागि ब्रोकर नम्बर ३७ स्वर्णलक्ष्मी सेक्युरिटीजका (वर्तमान महासचिव) धर्मराज सापकोटा र महासचिवका लागि ब्रोकर नम्बर ५७ का गुणनिधि भुसाल सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

त्यस्तै सचिवमा ब्रोकर नम्बर ४० क्रियटिभ स्क्युरिटीजका रमणदेव पन्त र कोषाध्यक्षमा ब्रोकर नम्बर ४५ इम्पेरियल सेक्युरिटीजका भक्तिराम घिमिरे निर्वाचित भएका हुन् । नयाँ कार्यसमितिमा रवीन्द्र श्रेष्ठ, मदन पौडेल, सुयोग खनाल, मित्रलाल श्रेष्ठ र फणीन्द्र ढकाल सदस्य रहने छन् ।


प्रतिक्रिया दिनुहोस्