८ श्रावण २०८३, शुक्रबार

नेपाल आउने तयारीमा दिपल निभो क्यु०५, किन बन्यो बुहप्रतिक्षित इभी ?



काठमाडौं । ठूलो एसयुभीको जस्तो फराकिलो स्पेस, नयाँ पुस्ताको इभी प्रविधि र अन्तर्राष्ट्रिय रुपमा सम्मानित डिजाइन एउटै इभीमा समेटिँदा कस्तो देखिन्छ ? नेपालले यसको जवाफ चाँडै पाउने भएको छ ।

नेपालका लागि इन्टेलिजेन्ट र लक्जरी इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले आफ्नो नयाँ इलेक्ट्रिक एसयुभी दिपल निभो क्यु०५ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो एउटा अर्को एसयुभी मात्र होइन, आकर्षक उपस्थिति, कम्फर्ट, व्यवहारिकता र इन्टेलिजेन्ट प्रविधिको सन्तुलित संयोजन सहितको क्यु०५ ले नेपालको बढ्दो प्रतिस्पर्धी इलेक्ट्रिक एसयुभी बजारमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ । तथापी नेपालमा आउने क्यु०५ को स्पेसिफिकेसनबारे अझै स्पष्ट छैन ।

तर पहिलो नजरमै क्यु०५ले आत्मविश्वासीय र आधुनिक एसयुभी डिजाइन प्रस्तुत गर्छ । यसको सुन्दर अनुपात, विशिष्ट लाइटिंग सिग्नेचर र प्रभावशाली रोज प्रेजेन्स अन्तर्राष्टिय रुपमा प्रसिघ अटोमोटिभ डिजाइन क्लाउस जाइसिओराको डिजाइन नेतृत्वमा सिर्जना गरिएको हो । यसको डिजाइनले अन्तर्राष्ट्रिय मान्यतासमेत प्राप्त गरिसकेको छ र अटोमोटिभ डिजाइन विधामा प्रतिष्ठित २०२६ गोल्ड ए डिजाइन अवार्ड जितेको छ ।

सहरी सडकमा सजिलै चलाउन सकिने आकारमा डिजाइन गरिएको क्यु०५ मा लामो २७३५ एमएमको ह्विलबेस दिइएको छ । यसले यात्रुका लागि उदार स्पेस र व्यवहारिक लगेज क्षमता सिर्जना गर्छ । भिडभाडयुक्त सहरी सडकमा अनावश्यक रुपमा ठूलो गाडी चलाउनुपर्ने असुविधाविना यसले परिवारले खोज्ने फराकिलो ठाउँ उपलब्ध गराउने वाचा गर्छ ।

यसको इन्टेलिजेन्स केबल स्पेसिफिकेसनमा मात्र सीमित छैन । चीनको भित्री मंगोलियास्थित याकेशीमा आयोजित २०२६ ग्लोबल टेस्टिंग सिजनका क्रममा क्यु०५ को न्युन घर्षणयुक्त बरफको सतहमा इन्टेलिजेन्ट इन्टेलिजेन्ट ड्राइभिंगको सफल परीक्षण गरिएको थियो । साथै यसमा सिएटिएलको ब्याट्री र तीव्र गतिमा चार्ज गर्ने क्षमता पनि रहेको छ ।

क्यु०५ यो वर्ष चीनमा आफ्नो सेग्मेन्ट लिडर बन्न सफल भएको कम्प्याक्ट एसयुभी हो । योवर्ष जुनको अन्तसम्ममा चीनमा ७६ हजारभन्दा बढी क्यु०५ विक्री भइसकेको छ ।

पुरस्कृत डिजाइन, अपेक्षाभन्दा ठूलो इन्टेरियर, इन्टेलिजेन्ट प्रविधि र अन्तर्राष्ट्रिय बजारमा प्रमाणित लोकप्रियताले यो इलेक्ट्रिक एसयुभीलाई बनाएको छ बहुप्रतिक्षित । तथापी नेपाली बजारमा आउने भेरियन्ट, स्पेसिफिकेसन, फिचर र मूल्यका बारेमा आधिकारिक लन्चमै सार्वजनिक हुनेछ ।


प्रतिक्रिया दिनुहोस्