८ श्रावण २०८३, शुक्रबार

साताको अन्तिम दिन नेप्सेमा ७.९० अंकको सुधार, कारोबार रकम बढेर ६ अर्ब २६ करोड माथि



काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि सेयर बजार सामान्य बढेर बन्द भएकोको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से ७.९० अंकले बढेर २७ सय ३४ दशमलव ६३ बिन्दुमा रोकिएको हो ।

नेप्से परिसूचक सँगै आज काराेबार रकम पनि बढेकाे छ। आज ३५३ कम्पनीको १ कराेड ३६ लाख ८३ हजार ५९९ कित्ता शेयर ६ अर्ब २६ करोड ७२ लाख २६ हजार रुपैयाँमा कारोबार भएको छ।

हिजाे ३३८ कम्पनीको १ कराेड ७७ हजार २२२ कित्ता शेयर ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार रुपैयाँमा कारोबार भएको थियाे ।

आज फाइनान्स, जलविद्युत, उत्पादन तथा प्रशाेधन, व्यापार र अन्य समुहकाे उपसूचक घटेका छन् । यसदिन म्युच्युअफ फण्ड सर्वाधिक २.०८ प्रतिशतले बटेकाे छ भने बाणिज्य बैंक समुह १.१७ प्रतिशत बढेकाे छ।

आजकाे काराेबारमा १५२ कम्पनीको शेयर मूल्य बढेको छ भने १०९ कम्पनीको घटेको छ। त्यस्तै १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

आज एभरेष्ट कलरको सयर मूल्य १४.९९ र आत्मनिर्भर लघुवित्तको सेयर मूल्य १४.४६ प्रतिशत बढेको छ।


प्रतिक्रिया दिनुहोस्