सुनको मूल्य उकालोतिर, २ दिनमा तोलामा १ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
१० असार २०८२, मंगलबार

सुनको मूल्य उकालोतिर, २ दिनमा तोलामा १ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । सुनको मूल्य लगातार उकालो लागि रहेको छ । गत हप्ता एक दिन मात्रै थारै रकमले घटेको सुन यस हप्ता आईतबार र सोमबार आज सुनको मूल्यमा बृद्धि भएको छ । सोमबार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ५ सय रुपैयाँले बढेको छ भने कारोबार ९७ हजार ७ सय रुपैयाँमा भइरहेको छ । त्यस्तै चाँदी मूल्य पनि तोलामा १० रुपैयाँले बढेर तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

आइतबार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन तोलामा ५ सय रुपैयाँले नै बढेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार सुन तोलमा १ हजार रुपैयाँले बढेको थियो । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्