लाभांश दौडमा गरिमा र लुम्बिनी अग्रस्थानमाः कुन विकास बैंककाे क्षमता कस्ताे ?
काठमाडौं । राष्ट्रियस्तरका ८ वटै विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। सार्वजनिक वित्तीय विवरणमा देखिएको चुक्ता पुँजी र वितरणयोग्य मुनाफालाई आधार बनाएर यी बैंकको सम्भावित लाभांश क्षमता विश्लेषण गरिएको हो।
गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफाका आधारमा गरिमा विकास बैंक सबैभन्दा अगाडि देखिएको छ।
६ अर्ब २ करोड १३ लाख ४८ हजार ३६७ रुपैयाँ चुक्ता पुँजी रहेको गरिमा विकास बैंकसँग १ अर्ब २१ करोड ७९ लाख ६१ हजार ८२६ रुपैयाँ वितरणयोग्य मुनाफा छ। यस आधारमा गरिमाको सम्भावित लाभांश क्षमता २०.२२ प्रतिशत देखिएको छ।
त्यसपछि लुम्बिनी विकास बैंक रहेको छ। ३ अर्ब ६२ करोड ३६ लाख ७८ हजार १६२ रुपैयाँ चुक्ता पुँजी भएको बैंकसँग ६१ करोड ५५ लाख ८० हजार ५६२ रुपैयाँ वितरणयोग्य मुनाफा छ। यसअनुसार बैंकको सम्भावित लाभांश क्षमता १६.९९ प्रतिशत देखिन्छ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक पनि उच्च लाभांश क्षमता भएका विकास बैंकमध्ये परेको छ। ५ अर्ब २ करोड १९ लाख ७२ हजार ७३० रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ६४ लाख ९८ हजार ३५१ रुपैयाँ छ। चुक्ता पुँजीको तुलनामा यो १६.८४ प्रतिशत बराबर हुन्छ।
यता, कामना सेवा विकास बैंकले भने आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट साधारण सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश घाेषणा गरिसकेको छ। बैंकको चुक्ता पुँजी ४ अर्ब २१ करोड १९ लाख ३० हजार ८१५ रुपैयाँ छ भने वितरणयोग्य मुनाफा ६० करोड ११ लाख १० हजार ३२ रुपैयाँ रहेको छ। यस आधारमा बैंकसँग १४.२७ प्रतिशत लाभांश क्षमता देखिन्छ।
यस्तै सांग्रिला डेभलपमेन्ट बैंकको सम्भावित लाभांश क्षमता १३.१९ प्रतिशत देखिएको छ। बैंकको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०६ रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा ४९ करोड २३ लाख ७७ हजार ८१४ रुपैयाँ छ।
महालक्ष्मी विकास बैंकको सम्भावित लाभांश क्षमता भने १०.३१ प्रतिशत देखिएको छ। हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ५१ करोड १२ लाख ८१ हजार ६६ रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा ४६ करोड ५१ लाख ९८ हजार ९२५ रुपैयाँ छ।
यता, विकास बैंकहरूमध्ये सबैभन्दा धेरै चुक्ता पुँजी भएको मुक्तिनाथ विकास बैंकको सम्भावित लाभांश क्षमता ८.४५ प्रतिशतमा सीमित देखिएको छ। बैंकको चुक्ता पुँजी ८ अर्ब ३ लाख ८९ हजार रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा ६७ करोड ५७ लाख ५६ हजार रुपैयाँ छ।
सबैभन्दा कम सम्भावित लाभांश क्षमता भने ज्योति विकास बैंकको देखिएको छ। ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार ८८६ रुपैयाँ चुक्ता पुँजी रहेको बैंकसँग १४ करोड ४३ लाख ६४ हजार ५५८ रुपैयाँ मात्रै वितरणयोग्य मुनाफा छ। यस आधारमा ज्योतिको सम्भावित लाभांश क्षमता ३.२८ प्रतिशतमा सीमित देखिन्छ।














