३ दिनमा २ हजार बढेको सुन मंगलबार ३४ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ? « Arthapath.com
१० असार २०८२, मंगलबार

३ दिनमा २ हजार बढेको सुन मंगलबार ३४ सयले घट्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौं । मंगलबार सुनको मूल्य ३४ सय रुपैयाँले घटेको छ । लगतार उकाले लागिरहेको सुनको मूल्य मंगलबार एकैचोटी ३४ सयले घटेको हो । मंगलबार ३४ सय रुपैयाँले घटेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जानकारी दिएको छ ।

त्यसैगरी, तेजाबि सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको लागि चाँदीको मूल्य प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कायम छ । जुन अघिल्लो दिनको तुलनामा ७० रुपैयाँले कम हो ।

सोमबार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदी मूल्य पनि तोलामा १० रुपैयाँले बढेर तोलाको १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन तोलामा ५ सय रुपैयाँले नै बढेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार सुन तोलमा १ हजार रुपैयाँले बढेको थियो । शुक्रबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्