२४ भदौ २०८३, बुधबार

लगातार ४ दिनको वृद्धिमा ब्रेक: नेप्से १५.४३ अंकले घट्यो, कारोबार रकम भने ४ अर्ब माथि



काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। लगातार ४ दिन बढेको सेयर बजार मापक नेप्से परिसूचक आज १५.४३ अंकले घटेर २५ सय ४५ दशमलव ४० बिन्दुमा झरेको छ ।

नेप्से घटे पनि यसदिन कारोबार रकम भने बढेको छ। आज ३५२ कम्पनीको १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता सेयर ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छ। अघिल्लो कारोबार दिन सोमबार ३५२ कम्पनीको ९० लाख ८५ हजार ६३१ कित्ता सेयर ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन १३ वटै उपसूचकहरु घटेका छन् । आज विकास बैंक सर्वाधिक २.३७, निर्जीवन बीमा १.५७, व्यापार १.५७, होटल तथा पर्यटन १.३८ र फाइनान्स समुहको उपसूचक १.०८ प्रतिशतले घटेको छ।

आज ७४ कम्पनीको सेयर मूल्य बढ्दा १९२ वटा कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

यसदिन अपर लोहोरेखोला हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने इमर्जिङ नेपाल, सिन्धु विकास बैंक, र जानकी फाइनान्सको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ।