कुमारी बैंकले घोषणा गर्यो लाभांश, नगद कति ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले शेयरधनीहरुलाई वतरण गर्ने लाभांश घाेषणा गरेकाे छ।
बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ काे मुनफाबाट कायम चुक्तापुँजीको २.१०३ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।
जस अनुसार बैंकले हाल कायम चुक्तापुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार ३४० रुपैयाँकाे २.१०३ प्रतिशत अर्थात करिब ५५ करोड २१ लाख ४१ हजार रूपैयाँ शेयरधनीहरुलाई वितरण गर्ने छ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।












