नेप्सेमा नयाँ रेडर्क, १०.८२ अंकले बृद्धि, एकै दिनमा ४ अर्ब ८२ करोड रुपैयाँको कारोबार

काठमाडौं । बिहिवार नेप्से १०.८२ अंकले बृद्धि भई १७१८.४९ अंकमा पुगेको छ । बिहीबार नेप्सेमा ४ अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५५१ रुपैयाँको कारोबार भएको छ । बिहीबार नेप्सेमा कूल १९८ वटा कम्पनीको एक करोड ३८ लाख ८९ हजार १८९ कित्ता शेयर कारोबार भएको हो ।
कुल १२ समूहमध्ये ५ को सूचक हरियो भएको छ भने बाँकी समूह तल झरेका छन् । सबैभन्दा धेरै व्यापारिक समूहको सूचक १६४.७१ अंकलले वृद्धि भएको छ । वाणिज्य बैंक समूहको सूचक पनि १०.२१ विन्दूले माथि लागेको छ ।
सबैभन्दा बढी गणपति माइक्रोफाइनान्सका लगानीकर्ताले ५.२३ प्रतिशतले गुमाएका छन् । खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनीले २८ करोड ५५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल टेलिकम र तेस्रोमा प्रभु बैंक परेको छ ।
नेप्सेमा एकै दिन यति धेरै कारोबार भएको यो पहिलो रेकर्ड हो । बजारले अब सजिलै पुरानो उच्चतम रेकर्ड १८८१ लाई क्रस गर्ने लगानीकर्ताहरुले विश्वास गरिरहेका छन् ।