७ आश्विन २०८३, बुधबार

“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक



काठमाडौं । यस वर्षको महान् पर्व दशैं तथा तिहारलाई अझ विशेष र उत्साहपूर्ण बनाउन एलजी ले विशेष पर्व लक्षित उपहार योजना “एलजी को उपहार, मनाऔँ दशैं र तिहार” सार्वजनिक गरेको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरूले एलजीका विभिन्न घरायसी उपकरण खरिदमा २५ प्रतिशतसम्म नगद छुट तथा आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन ।

कम्पनीले आफ्ना विभिन्न उत्पादनहरूमा आकर्षक नगद छुटको व्यवस्था गरेको छ। जस अनुसार टिभी ९३२ इन्च बाहेक०, अडियो सिस्टम, भ्याकुम क्लिनर, सिङ्गल डोर रेफ्रिजरेटर, र ३०८ लिटरसम्मका डबल डोर रेफ्रिजरेटरको खरिदमा ग्राहकहरूले नगद छुट प्राप्त गर्न सक्नेछन ।
नगद छुटका साथै, कम्पनीले निश्चित उत्पादनहरूको खरिदमा आकर्षक उपहारहरू पनि उपलब्ध गराएको छ ।

१. वासिङ मेसिन फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा ६ केजी सर्फ एक्सेल म्याटिक, टप लोडमा ४ केजी सर्फ एक्सेल, र ट्विन टबमा २ केजी सर्फ एक्सेल डिटर्जेन्ट निःशुल्क दिइनेछ।

२. रेफ्रिजरेटरस् साइड बाई साइड रेफ्रिजरेटरको खरिदमा माइक्रोवेभ ओभन र ३४० लिटरभन्दा माथिका डबल डोर रेफ्रिजरेटरमा मिक्सर उपहार पाइनेछ ।

३. डिशवासरको खरिदमा २ प्याकेट फच्र्युन ट्याब्लेट, माइक्रोवेभ ओभनमा कुकिङ किट, र एयर कन्डिसनर को खरिदमा निस्शुल्क जडान सेवा उपलब्ध हुनेछ ।

त्यसैगरी, चयनित उत्पादनहरूमा नोकस्ट ईएमआई सुविधा पनि उपलब्ध रहेको छ, जसले ग्राहकहरूलाई आफ्नो रोजाइका एलजी उत्पादनहरू सहज किस्ताबन्दीमा खरिद गर्न थप सुविधा प्रदान गर्नेछ ।

एलजीका उत्पादनहरूमा प्रविधि, डिजाइन, ऊर्जा दक्षता र टिकाउपनलाई विशेष प्राथमिकता दिइँदै आएको छ । यस पर्व योजनामार्फत ग्राहकहरूलाई आधुनिक प्रविधियुक्त उत्पादनसँगै आकर्षक मूल्य तथा उपहारको संयोजन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

सिजी इलोक्ट्रोनिक्स, नेपालमा एलजीको आधिकारिक वितरकका रूपमा, देशभर रहेका अधिकृत एलजी ब्रान्डसप तथा बिक्री केन्द्रमार्फत यो पर्व योजना सञ्चालन गर्नेछ । ग्राहकहरूले आफ्ना आवश्यकता र बजेटअनुसार एलजीका विभिन्न उत्पादन छनोट गरी यस पर्वलाई थप विशेष बनाउन सक्नेछन् ।

“एलजी को उपहार, मनाऔँ दशैं र तिहार” योजनाले यस वर्षको दशैं तथा तिहारलाई खुशी, सुविधा र आधुनिक प्रविधिसँग जोड्दै घरघरमा उत्सवको माहोल थप्ने अपेक्षा गरिएको छ ।