३० आश्विन २०८३, शुक्रबार

माछापुच्छ्रे बैंक र युनाईटेड रेमिट बीच रेमिट्यान्स सम्झौता



काठमाडौं । नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले युनाईटेड रेमिट संग सम्झौता गरेको छ ।

माछापुच्छ्रे बैंकले यु.के., जापान, दक्षिण कोरिया लगायत विश्वको जुनसुकै देशबाट मनीग्राम, टिएमएल रेमिट्यान्स मार्फत नेपालमा रकम पठाउन सहज होस् भन्ने लक्ष्यका साथ युनाईटेड रेमिट संग सहकार्य गरि विधिवत रुपमा आफ्नो सेवाको विस्तार गरेको हो ।

उक्त सम्झौता पछि बिभिन्न देशमा रहेका युनाईटेड रेमिटको प्रतिनिधी कार्यालयहरुबाट नेपाल पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका १५६ वटा शाखाहरु, शाखारहित बैकिङ्ग सेवा र तथा एक्सटेन्सन काउण्टर मार्फत नेपाल भरी सजिलै भुक्तानी लिन सकिनेछ ।

उक्त सम्झौतापत्रमा युनाईटेड रेमिटको तर्फबाट सहायक महाप्रबन्धक सुदन सिं सिलवाल र माछापुच्छ्रे बैंकको तर्फबाट डिजिटल बैंकिङ प्रमुख माधव सुवेदीले हस्ताक्षर गरे ।