विपुल क्षेत्रीको कन्सर्टमा जगदम्बा मोटर्सद्वारा बुटवलमा टिभीएस एन्टर्क १५० सार्वजनिक
बुटवल । नेपालस् नेपालका लागि टिभीएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलमा नयाँ टिभीएस एन्टर्क १५० सार्वजनिक गरेको छ।
चर्चित गायक विपुल क्षेत्रीको सांगीतिक कन्सर्टको अवसर पारेर आयोजना गरिएको उक्त सार्वजनिक कार्यक्रममा लाइभ संगीतको उत्साहसँगै नेपालको पहिलो १५० हाइपर स्पोर्ट स्केटर को दमदार प्रदर्शन र आकर्षक डिजाइन प्रस्तुत गरिएको थियो।
कार्यक्रममा टिभीएसका पारखी, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, डिलर तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो। एन्टर्क परिवारकै सबैभन्दा शक्तिशाली नयाँ स्कुटर टिभीएस एन्टर्क १५० को औपचारिक अनावरण जगदम्बा मोटर्सका नेसनल सेल्स हेड हरि न्यौपाने, बिजनेस डेभलपमेन्ट हेड धनीराम भुसाल, बालाजी अटोमोबाइल्स –टिभीएस बुटवलका निर्देशक विशाल जैसवाल तथा बालाजु अटोमोबाइल्स – टिभीएस बुटवलका निर्देशक अभिनव थापा ले संयुक्त रूपमा गरे । विपुल क्षेत्रीको कन्सर्टको उत्साहपूर्ण माहोलबीच सम्पन्न यस अनावरणले पश्चिम नेपालमा टिभीएस एन्र्टक ब्रान्डको उपस्थितिलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।
टिभीएस एन्टर्क १५० मा १४९.७ सिसि क्षमताको एयर(कुल्ड ओथ्रि सिटच इन्जिन जडान गरिएको छ, जसले ७००० आरपिएम मा १३.२ पिएस पावर र ५५०० आरपिएम मा १४.२ एनएम टर्क उत्पादन गर्छ। यस स्कुटरले मात्र ६.३ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति हासिल गर्न सक्छ भने यसको अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको छ। उत्कृष्ट पर्फर्मेन्स र गतिशील राइडिङ अनुभव चाहने राइडरहरूलाई लक्षित गरी यसलाई डिजाइन गरिएको हो।
स्टेल्थ एयरक्राफ्टबाट प्रेरित यसको आकर्षक डिजाइनमा मल्टीप्वाइन्ट प्रोजेक्टर हेडल्याम्प, एरोडायनामिक विङ्लेट्स, जेट(प्रेरित भेन्ट्स, रंगीन एलोय ह्विल, नेकेड मोटरसाइकल शैलीको ह्यान्डलबार तथा विशेष टेलल्याम्प समावेश गरिएको छ। यसको स्पोर्टी लुक, बोल्ड डिजाइन र विशिष्ट मफलर साउन्डले एन्टर्क ब्रान्डको रेसिङ एनडिए लाई झल्काउँछ।
कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका नेसनल सेल्स हेड हरि न्यौपानेले भन्नुभयो, “टिभीएस एन्टर्क ले आफ्नो उत्कृष्ट पर्फर्मेन्स, नवीन प्रविधि र आकर्षक डिजाइनमार्फत नेपालका युवा राइडरहरूमाझ छुट्टै पहिचान बनाउन सफल भएको छ। एन्टर्क १५० को आगमनसँगै हामी यस अनुभवलाई अझ शक्तिशाली र प्रविधिमैत्री बनाउँदै अघि बढिरहेका छौँ। बुटवलमा विपुल क्षेत्रीको कन्सर्टको अवसरमा यस स्कुटरलाई सार्वजनिक गर्न पाउँदा हामी निकै उत्साहित छौँ। संगीत, युवा पुस्ताको जोश र हाइपर पर्फमेन्स् को संयोजनले यस अवसरलाई अझ विशेष बनाएको छ।

















