प्रतितोला ९०० रुपैयाँले बढ्यो सुनकाे मूल्य, चाँदीमा पनि सामान्य वृद्धि
काठमाडाैं। बुधबार पनि नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । हिजाे ताेलामा ८०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज पनि प्रतिताेला ९०० रूपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन मूल्य २ लाख ८३ हजार २ सय रुपैयाँमा कायम भएको छ। हिजाे सुन तोलाको २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ । हिजो तोलाको ३ हजार ९७० रुपैयाँमा किनबेच भएको चाँदी आज ३ हजार ९८० रुपैयाँ कायम भएको छ।















