१२ कार्तिक २०८३, बिहिबार

नागढुंगा सुरूङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने, कुन सवारीलाई कति लाग्छ ?



काठमाडाैं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने विभिन्न सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) उठाइने भएकाे छ।

नागढुंगा सुरूङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै कात्तिक १५ गतेदेखि टोल शुल्क उठाउने जानकारी दिएको हो।

सार्वजनिक गरेको शुल्क विवरणअनुसार काठमाडौं प्रवेश गर्ने कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनले ६५ रूपैयाँ तिर्नुपर्नेछ भने काठमाडौं प्रवेश नगरी सुरूङमार्गबाट बाहिरिने यस्ता सवारीसाधनले ६० रूपैयाँ शुल्क तिर्नु पर्नेछ।

त्यस्तै, मिनी बस तथा मिनी टिपर/ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रूपैयाँ र बाहिरिँदा ८० रूपैयाँ तिर्नुपर्नेछ। बस तथा ट्रक (सिंगल रियर एक्सल) का लागि प्रवेश गर्दा २५० रूपैयाँ र बाहिरिँदा २०० रूपैयाँ शुल्क तोकिएको छ।

मल्टी एक्सल ट्रक, सवारीसाधन तथा भारी उपकरणका लागि काठमाडौं प्रवेश गर्दा ६०० रूपैयाँ र बाहिरिँदा २५० रूपैयाँ शुल्क लाग्नेछ।