१३ कार्तिक २०८३, शुक्रबार

४ दिनको लगातार वृद्धिपछि आज ३२०० रुपैयाँले घट्याे सुनकाे भाउ, चाँदी पनि सस्तियाे



काठमाडाैं। नेपाली बजारमा लगातार पछिल्लाे ४ दिन बढेकाे सुनकाे भाउ शुक्रबार घटेकाे छ। आज सुनकाे मूल्य ताेलामा ३ हजार २०० रूपैयाँ घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँमा झरेकाे छ।

हिजाे छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे थियाे।

यस्तै आज चाँदीकाे मूल्य पनि ताेलामा १०५ रूपैयाँ घटेकाे छ। हिजाे प्रतिताेला ३ हजार ९३० रूपैयाँमा किनबेच भएकाे चाँदीकाे मूल्य आज ३ हजार ८२५ रूपैयाँ ताेकिएकाे छ।