१३ कार्तिक २०८३, शुक्रबार

प्रतिकूल मौसमका कारण भाेली हुने भनिएकाे ‘सलिको गल्फ टुर्नामेन्ट २०२६’ कार्तिक २८ गते सर्‍यो



काठमाडौं । प्रतिकूल मौसमका कारण सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) द्वारा आयोजना हुन गइरहेको ‘सलिको गल्फ टुर्नामेन्ट २०२६’ को मिति सारिएको छ।

कार्तिक १४ गते शनिबार गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने तय भएको उक्त प्रतियोगिता अब कार्तिक २८ गते शनिबारलाई सारिएकाे छ। प्रतियोगिता भने सोही स्थानमा हुनेछ।

हालै देशैभर देखिएको मौसमी प्रतिकूलता र त्यसले पार्न सक्ने प्रभावलाई मध्यनजर गर्दै प्रतियोगिताको मिति सार्नुपरेको कम्पनीले जनाएको छ। मिति परिवर्तनका कारण सहभागी तथा खेलप्रेमीहरूमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमासमेत मागेको छ।

प्रतियोगिताप्रति खेलप्रेमीहरूले देखाएको उच्च उत्साह, चासो र सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै कम्पनीले सरेको नयाँ मितिमा पनि सबैको सक्रिय सहभागिता र निरन्तर साथकाे अपेक्षा गरेको छ।