एनएमबि बैंकको नाफा २७.११% ले बढ्यो, वितरणयोग्य मुनाफा २ अर्ब ३१ करोड पुग्दा प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा एनएमबि बैंककाे नाफा २७.११ प्रतिशतले बढेकाे छ।
बैंकले सार्वजनिक गरेकाे चालु आर्थिक वर्ष २०८३/८४ को पहिलाे त्रैमासकाे अपरिष्कृत वित्तिय विवरण अनुसार समिक्षा अवधिमा बैंकले १ अर्ब १६ करोड ४२ लाख रूपैयाँ दुद नाफा कमाएकाे हाे ।
गत वर्षको यसै अवधिमा बैंकले ९१ करोड ५९ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
यससँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी (ईपीएस) २५.४२ प्रतिशतले बढेर २३.८३ रुपैयाँ पुगेको छ। बैंकका सेयरधनीहरूलाई बाँड्न मिल्ने नाफामा पनि सुधार भएको छ। वार्षिकीकरण गरिएको प्रतिसेयर वितरणयोग्य नाफा ४३.८८ प्रतिशतले बढेर ११.६४ रुपैयाँ पुगेको छ।
यसैगरी, बैंकको वितरणयोग्य मुनाफा १९.३४ प्रतिशतले बढेर २ अर्ब ३१ करोड ९१ लाख ८६ हजार रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी र कुल सञ्चालन आम्दानी पनि बढेकाे छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा २ अर्ब ४८ करोड ७२ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी ०.१७ प्रतिशतले बढेर चालु आर्थिक वर्षको यसै अवधिमा २ अर्ब ४९ करोड १५ लाख रुपैयाँ पुगेको छ।
यसैगरी चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकले ३ अर्ब ६४ करोड ९७ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । गत वर्षकाे यसै अवधिमा बैंकले ३ अर्ब ४४ करोड ४९ लाख यस्ताे आम्दानी गरेको थियाे ।
यसैगरी बैंकको सञ्चालन मुनाफा २६.२३ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको पहिलो त्रैमासमा १ अर्ब ४९ करोड ८६ लाख ६३ हजार रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर यस त्रैमासमा १ अर्ब ८९ करोड १८ लाख ३६ हजार रुपैयाँ पुगेको छ।
समिक्षा अवधिमा यस अवधिमा बैंकको कर्जा र निक्षेप दुवै बढेको छ। कुल कर्जा ८ अर्ब ९ करोड रुपैयाँले बढेर २ खर्ब ७६ अर्ब ४ करोड रुपैयाँ पुगेको छ भने कुल निक्षेप ६ अर्ब ३ करोड रुपैयाँले बढेर ३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ।















