आज सुन तथा चाँदीका सिक्का किन्ने उपभोक्तालाई राहतः एकैदिन ५,९०० रुपैयाँले घट्यो सुनकाे मूल्य
काठमाडाैं । आज (शुक्रबार) धनत्रयोदशी अर्थात् धनतेरस नेपाली बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ।
हिजाे एकैदिन १३ हजार ३०० रूपैयाँले बढेकाे सुनकाे भाउ आज एकैदिन ५ हजार ९०० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतितोला सुन २ लाख ८३ हजार रुपैयाँ कायम भएको छ। हिजाे छापावाल सुन प्रतिताेला प्रतितोला सुन २ लाख ८८ हजार ९ सय रुपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै आज चाँदीकाे मूल्य ताेलामा ११० रूपैयाँले बढेर ३ हजार ८ सय १० रूपैयाँ पुगेकाे छ। हिजाे चाँदी तोलामा ३ हजार ९२० रुपैयाँ कायम भएको छ।
नेपाल राष्ट्र बैंकले आज पनि तिहारको धनतेरसलाई लक्षित गर्दै सुन र चाँदीका सिक्का बिक्री गरिरहेकाे छ। आज सिक्का खरिद गर्ने उपभाेक्तालाई यसले केहि राहत मिलेको छ ।















