गत साता लगातार ३ दिन घटेको सुन आइतबार बढ्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । आईतबार सुनको मूल्य ३ सयले बढेर प्रतितोला ९४ हजार ३ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबि सुनको मूल्य ९३ हजार ८ सय रुपैयाँ रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार चाँदीको मूल्य भने यथावत् रहेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार २ सय १० रुपैयाँमा निर्धारण गरिएको मंहासंघले जनाएको छ ।
त्यस्तै , गत साता सुनको मूल्य लगातार घटेको थियो । शुक्रबार सुनको मूल्य तोलाको ४ सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य तोलाको ४ सय रूपैयाँले घटेर प्रतितोला ९३ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय १० रूपैयाँमा कारोबार भएको थियो ।
बिहीबार छापावाल सुन तोलामा ७ सय रुपैयाँले घटेर ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुन बिहीबार तोलामा ७ सयले नै घटेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । चाँदी तोलाको १२ सय १५ रुपैयाँमा कारोबार भएको थियो । बुधबार १ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला ९५ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै, बुधबार तेजावी सुन तोलामा १ सय रुपैयाँले घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार चाँदीको मूल्य १० रुपैयाँले बढेर तोलाको १२ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।