साताको पहिलो दिन सेयर बजारमा उछाल करिव ७ अर्वको कारोबार

काठमाडौं । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्जमा आज झण्डै ७ अर्बको कारोबार भएको छ । नेप्से परिसूचक आज १८११.११ अंकमा पुगेको थियो तर कारोबार बन्द हुने समयमा ४.६९ अंकले बृद्धि भई १७८१.८२ अंक पुगेको छ । आइतबार २ सय १ कम्पनीको १ करोड ५९ लाख ६५ हजार ५ सय २६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड ९१ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफकोे २९ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यसैगरी, आज सिटिजन म्युचुअल फन्ड २ को शेयर १० प्रतिशतको दरले बढेको छ भने जानकी फाइनान्सको शेयर ९ दशमलव २१ प्रतिशतको दरले बढेको छ । बैंकिङ्, अन्य क्षेत्र र विकास बैंकको उपसूचक बाहेक अन्य क्षेत्रको राताम्मे भएको छ । माउन्टेन हाईड्रो नेपालको शेयर ८.९३ प्रतिशतले घटेको छ भने राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर ७.१५ प्रतिशतले घटेको छ ।आइतबार बजार खुलेको केहि समयमानै सूचक बढेर १८०० विन्दु माथि पुगेको भए पनि अन्तिम समयमा बिक्री चाप बढ्दा सूचक पून १८०० विन्दु तल झरेको छ।